



|
 |

|
Press Release - 2065-05-11 regading sunsari flood
[2008-08-27 ]
मिति ०६५।५।१० गतेका दिन गठित उच्चस्तरिय समितिका पदाधिकारीज्यूहरु माननीय रक्षा मन्त्री श्री रामबहादुर थापा र माननीय भौतिक योजना मन्त्री श्री विजयकुमार गच्छदार, गृह सचिव श्री उमेशप्रसाद मैनाली, रक्षा सचिव श्री बामनप्रसाद न्यौपाने, प्रहरी महानिरिक्षक श्री ओम विक्रम राणा, सशस्त्र प्रहरी महानिरिक्षक श्री बासुदेव ओली, सह-सचिव श्री प्रतापकुमार पाठक समेतको उक्त समितिबाट आज विहान सुनसरीको बराहा क्षेत्र गा.वि.स. वडा नं. ६ तोरीबारी स्थित ११.०० र १२.०० RD को छेकबार (Spur) को स्थलगत निरिक्षण गरी तत्काल मर्मत सम्भारको कार्य आजै देखी सुरु गरी सुरक्षित गर्ने निर्देशन भए अनुरुप सप्तकोशी विपद् व्यवस्थापन समन्वय टोलीबाट कार्य प्रारम्भ भै सकेको छ ।
|
|
 |