Highlights
News Updates
Press Release - 2065-05-11 regading sunsari flood
2008-08-27
मिति ०६५।५।१० गतेका दिन गठित उच्चस्तरिय समितिका पदाधिकारीज्यूहरु माननीय रक्षा मन्त्री श्री रामबहादुर थापा र माननीय भौतिक योजना मन्त्री श्री विजयकुमार गच्छदार, गृह सचिव श्री उमेशप्रसाद मैनाली, रक्षा सचिव श्री बामनप्रसाद न्यौपाने, प्रहरी महानिरिक्षक श्री ओम विक्रम राणा, सशस्त्र प्रहरी महानिरिक्षक श्री बासुदेव ओली, सह-सचिव श्री प्रतापकुमार पाठक समेतको उक्त समितिबाट आज विहान सुनसरीको बराहा क्षेत्र गा.वि.स. वडा नं. ६ तोरीबारी स्थित ११.०० र १२.०० RD को छेकबार (Spur) को स्थलगत निरिक्षण गरी तत्काल मर्मत सम्भारको कार्य आजै देखी सुरु गरी सुरक्षित गर्ने निर्देशन भए अनुरुप सप्तकोशी विपद् व्यवस्थापन समन्वय टोलीबाट कार्य प्रारम्भ भै सकेको छ ।
|
|
Press Release - 2065-05-09 regading sunsari flood
2008-08-25
यही भाद्र २ गते दिउँसो सप्तकोशी नदीको स्पर नं. १२.१० र १२.९० पुरै फुटेको कारण सप्तकोशीको मुलवाँध भत्कन गई नदीको प्रवाह पूर्वतर्फबग्न गएको हँदा सुनसरी जिल्लाका ४ गा.वि.स.हरु हरिपुर, श्रीपुरजब्दी, लौकही र पश्चिम कुशाहा बाढीका कारण पुरै प्रभावित भई त्यहाँका बासिन्दाहरु पूर्ण रुपमा विस्थापनमा परेका छन् ।
|
|
Press Release - 2065-05-04 regading sunsari flood
2008-08-22
यही भाद्र २ गते दिउँसो सप्तकोशी नदीको स्पर नं. १२.१० र १२.९० पुरै फुटेको कारण सप्तकोशीको मुलवाँध भत्कन गई नदीको प्रवाह पूर्ण वतर्फबग्न गएको हँदा सुनसरी जिल्लाका ४ गा.वि.स. (हरिपुर, श्रीपुर, जग्दी र कुशाहा) पूर्ण रुपमा प्रभावित भई त्यहाका बासिन्दा पूर्ण रुपमा विस्थापनमा परेका छन् । सुनसरी जिल्लाकै लौकही, नरसिङ्ग, बसन्तपुर र धुस्की समेतका ४ गा.वि.स. बाढीको कारण नराम्रोसंग प्रभावित भएका छन् । यसरी बाढी एवं डुवानबाट ६ हजार परिवार, ३५ हजार जनसंख्या पूर्ण रुपमा विस्थापित हुन पुगेका छन् । |
List All News
Resources
View All Resources
|
 |
Events
|